
काठमाडौं, २ असोज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का एक केन्द्रीय नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
रौतहट गुजरा नगरपालिकाका मेयर प्रत्याशी समेत रहेका शेख एकरामुल पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
सोमबार एमाले जिल्ला पार्टी कार्यालय गौरमा भएको एक कार्यक्रमकाबीच एकरामुललाई एमाले केन्द्रीय सदस्यद्धय रेखा झा र अजय गुप्तासहित जिल्ला संयोजक सचिनानन्द साह, मधेश प्रदेश सदस्य हरिवंश मैनाली, जिल्ला सदस्य पदम श्रेष्ठ, गुजारा नगर संयोजक युवराज ज्ञवालीले पार्टीमा स्वागत गरे ।











प्रतिक्रिया