शुक्रबार, १२ असोज २०८०
DainikNepal.com
शुक्रबार, १२ असोज २०८०

अमेरिका र चीनको भ्रमण सकेर फर्किंदा प्रधानमन्त्री छट्टु स्याल बन्नेछन् : गोकुल बास्कोटा

दैनिक नेपाल २०८० असोज १ गते २३:२९

काठमाडौं, १ असोज । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले एकसाथ अमेरिका र चीनको भ्रमणमा निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको चिसो हावाको झोक्का सहलान् कि नसहलान् भनेर जिज्ञासा व्यक्त गरेका छन् ।

दक्षिणी हावाले सेकिएर अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन पुग्ने र चीनमा चिसो बढ्दै गरेको पश्चिमी हावाको झोक्का सहन सकेनन् भने छट्टु स्याल हुने टिप्पणी नेता बास्कोटाको छ ।

‘दक्षिणी तातो हावाले सेकिएर अमेरिका पुगेका प्रमले चीन पुग्दा चिसो चढ्दै गरेको पश्चिमी हावाको झोक्का सहलान ? सके भने उनले चीनको महत्वाकांक्षी योजना बीआरआई कार्यान्वयनमा सही गर्लान् । अन्यथा काठमाडौं ओर्लंदा उनको हालत रंग बदलेर सिंहको बथानमा छिरेको छट्टु स्यालको जस्तो हुनेछ,’ बास्कोटाले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित