२९ आश्विन २०८३, बिहिबार

मुलुकको विकासका लागि विज्ञान प्रविधिको प्रयोग आवश्यक : केपी ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकासका लागि विज्ञान प्रविधिको प्रयोग गर्नुपर्ने बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा एमाले विज्ञान तथा प्रविधि विभागले राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले विज्ञान प्रविधिको प्रयोग नगरिकन मुलुकको विकास सम्भव नहुने बताएका हुन् ।

उनले विज्ञानलाई नेपालले बुझेको भन्दै विज्ञान प्रविधिको सही प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे । अध्यक्ष ओलीले विज्ञान अत्यन्तैै आवश्यक कुरा रहेको उल्लेख गर्दै विज्ञानको विकास गर्ने कि प्राप्त गर्ने भन्ने कुरा मात्र फरक रहेको बताए । उनले विज्ञानले प्रकृतिमा रहेका नियमलाई सत्यतथ्यलाई बताउने उल्लेख गरे ।