
काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका नेताहरूको बैठक भोलि बस्ने भएको छ ।
बैठकका लागि संस्थापनइतरका नेता डा. शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई निमन्त्रणा गरेका छन् ।
विश्व–प्रदीपलाई समूहमा भित्र्याउने उद्देश्यले बैठक डाकिएको नेताहरूको अड्कलबाजी छ । शेखर–गगन समूहमा विश्व–प्रदीपलाई भित्र्याउनका लागि केही नेताहरुले यसअघिदेखि नै सक्रियता देखाइरहेका थिए ।
केन्द्रीय समिति बैठकको दुई दिनअघि विश्व–प्रदीपलाई सहभागी गराएर संस्थापनइतरले छलफल गर्न लागेको हो ।













प्रतिक्रिया