
काठमाडौं, १ असोज । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पूर्वध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नीशोक परेको छ ।
उनकी पत्नी रीता श्रेष्ठको आज ७२ वर्षको उमेरमा निधन भएको छ ।
छातीमा समस्या आएपछि हिजो आइतबार नर्भिक अस्पतालमा पुर्याइएकी रीताको आज सोमबार निधन भएको हो । फोक्सोमा देखिएको गम्भीर समस्याका कारण उनको निधन भएको अस्पताललाई उद्दृत गर्दे पारिवारिक स्रोतले जानकारी दियो ।
स्व. श्रेष्ठको पति, दुई छोरी र एक छोरा छन् । उनी २००८ पुस १६ गते जन्मिएकी थिइन् ।













प्रतिक्रिया