२९ आश्विन २०८३, बिहिबार

१०३ प्रकारका एन्टीबायोटिक औषधि प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । उनले ती प्रतिजैविक औषधिको प्रयोग गर्न औचित्य नभएको समेत स्पष्ट गरेका छन् ।

विभागका अनुसार हाल बजारमा उत्पादन भई वा आयात भई उपलब्ध रहेका वा उत्पादनको चरणमा रहेका सिफारिस नगरिएका प्रतिजैविक औषधि एवम् समिश्रणको हकमा निर्णय भएको मिति अर्थात् गत भदौ १८ गतेदेखि बढीमा छ महिनासम्म मात्र बजारमा उपलब्ध रहने गरी व्यवस्था मिलाइने भएको छ ।