काठमाडौं, १ असोज । नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्टले प्रदेशको राजधानी सार्ने कुरा स्वीकार्य नहुने बताएका छन् ।
आज सोमबार अत्तरियास्थित निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव भट्टले राजधानी सार्ने कुरा जनता विरोधी कार्य भएकाले स्वीकार्य नहुने बताएका हुन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले केही समयअघि राजधानी सार्न सकिने अभिव्यक्ति दिएका थिए । त्यसैको जवाफस्वरुप एमाले सचिव भट्टले मुख्यमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको टिप्पणी समेत गरेका हुन् ।
‘मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कसरी भन्नुभयो । यो अचम्मको र गैरजिम्मेवार छ,’ सचिव भट्टले भने । जनता र जनघनत्व बढी भएको क्षेत्रमा राजधानी बनाउने अभ्यास रहेको उनको भनाइ थियो ।