
काठमाडौं, १ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको मुद्रा बलियो बनाउन अर्थतन्त्र बलियो बनाउनुपर्ने बताएका छन् ।
नेकपा एमालेको परराष्ट्र मामिला विभागले हिजो आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको समसामयिक अन्तर्राष्ट्रिय विषयमा प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्र हरहिसाबले सुदृढ बनाउनुपर्ने बताए ।
‘व्यापार सन्तुलन कायम गर्न निर्यात बढाउनुपर्छ, त्यसका लागि काफी मात्रामा उत्पादन बढाउनुपर्छ । निर्यात बढाउनुका लागि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आधारभूत कुरामा आत्मनिर्भर हुनुपर्छ । उपभोग गर्नुपर्ने वस्तु किन्न नपर्नेगरी उत्पादन गर्नुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘शिक्षाका नाममा अर्बौं रुपैयाँ बाहिरिएको आधिकारिक तथ्याङ्क र अनौपचारिक माध्यमबाट त्यो भन्दा ठूलो रकम विदेशिएको सन्दर्भमा अध्यक्ष ओलीले ‘देशमा स्कुल नै खोल्न नदिएर (चिकित्सा शिक्षा) शिक्षाका लागि विदेश पठाउने बाध्यता सिर्जना गर्नु देशद्रोही क्रियाकलाप हो ।’
देशमा पढ्ने, रोजगारी पाउने, बस्ने वातावरण नै छैन जस्तो गरी विदेश जाने क्रम चलिरहेको र यो परिचालित र योजनावद्ध ढङ्गले भइरहेको उनको भनाइ छ । अध्यक्ष ओलीले हाम्रोजस्तो देशले विश्व प्रतिस्पर्धालाई हेरेर आफ्नो सुरक्षामा ध्यान पुर्याउनुपर्नेमा जोड दिएका छन् ।













प्रतिक्रिया