२९ आश्विन २०८३, बिहिबार

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी, १ असोज । परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन् ।

जनसम्पर्क समिति अमेरिकाको आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउनका लागि वर्तमान सरकारले काम गरिरहेको बताएका हुन् ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले आयोजना गरेका स्वागत तथा सम्मान कार्यक्रममा उनले नेपालले हासिल गरेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याएको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको बताए ।