
काठमाडौं, १ असोज । काठमाडौं महानगरपालिकाले ऋषि पञ्चमीका दिन महिला कर्मचारीहरुलाई पनि विदा नदिने भएको छ ।
महानगरबाट प्रकाशित भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन असोज २ गते विदा उल्लेख रहेको भए पनि उक्त दिन विदा नरहेको महानगरले सूचना निकालेर जानकारी गराएको हो ।
भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन महिला कर्मचारीहरूलाई विदा भन्ने उल्लेख थियो ।
‘काठमाडौं महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा मिति २०८० असोज २ गते मंगलबार ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरुलाई विदा भनी उल्लेख भएको भएता पनि उक्त दिन विदा नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ ।’ महानगरले जारी गरेको सूचनामा भनिएको छ ।












प्रतिक्रिया