शुक्रबार, १२ असोज २०८०
DainikNepal.com
शुक्रबार, १२ असोज २०८०

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

दैनिक नेपाल २०८० असोज १ गते १२:०४

काठमाडौं, १ असोज । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज सोमबार पनि स्थगित भएको छ ।

नाबालिका बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाइका लागि तोकिएको पेसी स्थगित भएको हो ।

जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित