
काठमाडौं, १ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरितालिका तीज व्रतको शुभकामना दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले तीजको शुभकामना दिएका हुन् ।
चेतन कार्कीको गीत सम्झँदै अध्यक्ष ओलीले पछि आउने पुस्ताले पनि तीजमा सोही गीत गाउने बताएका छन् ।
‘गाऔं स्वर खोलेर दिदी र बैनी, नाचौं न मिलेर दामली सइनी ! तीजको लहर आयो बरी लै !’, अध्यक्ष ओलीले लेखेका छन्,‘तीज कति आए, जति तीज आए गीतकार चेतन कार्कीको यो कालजयी गीत नै लोकप्रिय भयो । पछि आउने पुस्ताले पनि तीजमा यही गीत गाउँछ जस्तो लाग्छ । शुभ बिहानी ! सबैले रमाइलो गरी तीज मनाउनुस् है !’
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।











प्रतिक्रिया