२८ कार्तिक २०८३, शनिबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा तीजको शुभकामना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली संस्कृतिको अभिन्न अङ्गको रूपमा रहेको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीजको सुखद् अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यको हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

तीजको अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक वातावरण जीवन्त राख्‍न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला-संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न मौलिक चाडपर्वको गरिमालाई सदा उच्च राख्नुपर्ने बताएकी छन् । ‘तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा देखिने भड्‌किलोपन र खर्चिलोपनले हाम्रा चाडपर्वको मौलिक सौन्दर्यलाई नै फिक्का बनाउँन सक्दछ । अतः हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा हामी सबै क्रियाशील रहन आवश्यक छ ।’ पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन् ।