
काठमाडौं, ३१ भदौ । ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले आज २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अध्ययन प्रतिवेदनअनुसार मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।
अभियोगपत्रमा २९ जनालाई प्रतिवादी बनाउन माग गरिएको छ भने तीन अर्ब ५० करोड ३० लाख ९१ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।













प्रतिक्रिया