बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

अमेरिकाको सबैभन्दा ठूलो एएनएचएस मनासस तीज मनाइयो (फोटो फिचर)

दैनिक नेपाल २०८० भदौ ३१ गते २०:५९

काठमाडौं, ३१ भदौ । अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा सन् २००८ मा स्थापना भएको अत्यन्तै क्रियाशील गैरनाफामुलक सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस)को तीज सम्पन्न भव्यताका साथ सम्पन्न भएको छ ।

अमेरिकाको सबैभन्दा ठूलो र वृहत् रूपमा मनाउँदै आएको एएनएचएस मनासस तीज २०२३ ले विगत वर्ष झैं त्यत्तिकै मानिसहरूको घुइँचो र जमघटमा तीज मनाउन सफल भएको छ ।

सन् २०२०–२०२१ मा कोरोना महामारीको कारण परोक्ष (जुम) मार्फत समेत निरन्तरता दिँदै आएको एएनएचएसले भौतिक रूपमा २०२३ लाई भव्य र सभ्य रूपमा समापन गरेको छ । अध्यक्ष जानु ओझाले स्वागत मन्तब्य तथा न्याकका अध्यक्ष चिकित्सक मदन उप्रेतीले अर्को बर्ष आफनै न्याक भवनमा तीज मनाउने प्रतिबद्धता बाहेक अन्य मन्तब्यहरूलाई किनारा लगाउदै सिधै नाचगानमा कार्यक्रमलाई प्रवेश गराइएको थियो ।

हजारौँको संख्यामा पुरुष, महिला तथा बालबालिकाहरूको उत्साहजनक उपस्थितिले हरितालिका तीजलाई अझ प्रोत्साहन गरेको छ । विगत वर्षझैं यस वर्ष पनि महिला दिदीबहिनीहरूको महत्वपूर्ण चाड मनासस ‘हरितालिका तीज’ हर्षोल्लासका साथ सम्पन्न भएको छ ।

सधैंभरी अपेक्षा गरिएको भन्दा ज्यादा सहभागी हुने भएकोले ठूलो क्षमता भएको भर्जिनियाकै हे मार्केट भन्ने शहरमा पृथक एक वृहत् सभाकक्षमा कार्यकम गरिएको थियो । अमेरिका मै जन्मेका, नेपाली बोल्न सिक्दै गरेका र एएनएचएस कै आफ्नै नेपाली पाठशाला पढ्दै गरेका दोस्रो पुस्ताका नेपाली बालिकाहरूले तीजका गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए ।

साथै, डीसी महानगर क्षेत्रका छेउछाउका शहरबाट आएका समूह, व्यक्तिगत तथा सामूहिक रूपमा तीजका गीतमा नृत्य तथा गीत प्रस्तुति गरेका थिए ।

अधिकांश चेलीबेटीहरू तीजका गीतहरूमा मनोरञ्जन गर्दै नृत्यमा मस्त देखिन्थे ।

तीज कार्यक्रम अमेरिका नेपाल सहयोगी समाजको आफ्नै परियोजना अमेरिका नेपाल शिक्षा सदनको विशेष सहयोग तथा डीसी क्षेत्र वरपरका संघसंस्था तथा नेपाली समुदायको विशेष संलग्नतामा भव्य तीज कार्यक्रमको आयोजना गरेको हो ।

तीज कार्यक्रम भए पनि अमेरिका र नेपाली राष्ट्रिय गान बजाईएको थियो । कार्यक्रम केसी डान्स सेन्टरका बिधार्थी,एएनएचएस एकडेमीका विद्यार्थी, युगल तथा सामूहिक तीज नृत्यको प्रस्तुति पछि चेलीबेटीहरूलाई दर खुवाउदै सबैलाई सामूहिक रूपमा नृत्य गर्न बोलाइएपछि तीजको रौनक प्रारम्भ भएको थियो ।

डीसी महानगर क्षेत्रमा सक्रिय रहेको अमेरिका नेपाल सहयोगी समाज स्थापना कालदेखि नेपाल छोडी परदेशमा रहेका दिदीबहिनीहरूलाई माइतीकै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई तीज मनाउँदै आएको छ ।

कार्यक्रममा बालबालिकाहरूको लागि बाहिर खेल्ने स्थानको व्यवस्था गरिएको थियो भने कार्यक्रममा बच्चा, वृद्ध, पुरुष तथा आमन्त्रित पाहुनाहरूको बाक्लो उपस्थिति रहेको थियो । धेरै मानिसहरू उभिएर समेत तीजका सामूहिक नृत्य हेर्नु परेको थियो ।

मेरिका नेपाल सहयोगी समाज (एएनएचएस) सँग जोडिएका दर्जनौँ दर्जन महिलाहरूले विगत वर्षझैँ एकै प्रकारका पोशाक सारी (फरिया) लगाएका थिए भने तीजलाई अझ रौनक बनाउन पुरुषहरू पनि नेपाली पोशाक दौरा सुरुवालमा आएका थिए ।

संस्थाका सबै पदाधिकारी तथा स्वयम्सेवकरूपमा अहोरात्र खटिई करिब १५ सय जना भन्दा ज्यादालाई खानपिन दरको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित