
पोखरा, ३१ भदौ । असोज १५ र १६ गते पोखरामा हुने नेकपा एमाले गण्डकी प्रदेसको प्रथम अधिवेशन साँस्कृतिक झाँकीले झकिझकाउ हुने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनमा गण्डकी प्रदेशको हिमाल–पहाड–तराइको सम्पूर्ण साँस्कृतिक झाँकी प्रस्तुत गरिने भएको हो ।
झाँकी व्यवस्थापन उपसमिति संयोजक हुमबहादुर गुरुङको अध्यक्षता सम्पन्न बैठकले एमाले गण्डकी प्रदेश अधिवेशनको उदघाटन र्यालीले साँस्कृतिक विविधताको संगम, राष्ट्रिय एकता र सद्भावको सन्देश दिनेगरी तयारी गर्ने निर्णय गरेको हो ।
अधिवेशनमा घाँटु, चुड्का, छ्याडु, कौरा, सोरठी, बालन, भजन, तायमचा, लाखे नाच, लठ्ठी नाच, तामाङ सेलो, थकाली, हिमाली नाच, गन्धर्व संस्कृति, पञ्चै बाजालगायत विभिन्न समुदायगत र क्षेत्रगत मौलिक प्रस्तुतिहरू हुने झाँकी संयोजक गुरुङले जानकारी दिए ।
संयोजक गुरुङको अध्यक्षतामा भएको प्रथम चरणको बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, प्रदेश कमिटी उपसचिव रश्मी आचार्यले अधिवेशनको तयारी र झाँकी व्यवस्थापनका सन्दर्भमा धारणा व्यक्त गरेका थिए ।













प्रतिक्रिया