२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय झण्डा र केपी ओलीको तस्वीरसहित अमेरिकामा स्काई ड्राइभिङ

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । अमेरिकामा नेपालको राष्ट्रिय झण्डा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित स्काई ड्राइभिङ गरिएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–८ घर भइ हाल अमेरिकामा बसोबास गर्ने सुजन ओलीले अमेरिकाको न्यूयोर्क सिटीबाट नेपालको राष्ट्रिय झण्डा, ‘समृद्ध नेपाल, सुखी नेपाली’का परिकल्पनाकार एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्नो गृहनगर शिवसताक्षी नगरपालिकाको तस्वीर तथा नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको झण्डासहित स्काई ड्राइभिङ गरेका हुन् ।

उनले नेपाली समयअनुसार आज आइतबार बिहान बजे ८ बजे १४ हजार ५०० फिट उचाइबाट स्काई ड्राइभिङ गरेका हुन् । अमेरिकाको न्यूयोर्क सहरबाट नेपालको राष्ट्रिय झण्डा फहराउँदै १४ हजार ५०० फिटमाथिबाट स्काई ड्राइभिङ गर्ने आफू पहिलो नेपाली भएको दाबी पनि उनले गरेका छ न् ।

नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभाग नेपालकै हो भनी नेपालको नक्सामा समेटेर प्रकाशित गर्ने कामको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री ओलीको सम्मानका लागि आफूले एमाले अध्यक्ष ओलीको तस्वीरसहित स्काई ड्राइभिङ गरेको बताएका छन् । वर्षौंदखि भारतले हडप्दै आएको ती भूभाग समेटर भारतका अगाडि नक्सा सार्वजनिक गर्नु चानचुने मुटु भएकाले नसक्ने टिप्पणी उनको छ ।