२९ आश्विन २०८३, बिहिबार

विश्व बैंकले दिने सहुलियत ऋण लिने मन्त्रिपरिषदको निर्णय (भिडिओ)

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । सरकारले अपर अरुण जलविद्युत् परियोजनाको पूर्वतयारीको लागि विश्व बैङ्कबाट सहुलियत ऋण सहायता लिन निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले अपर अरुण जलविद्युत् परियोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिइन् ।

बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिनेसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ भने बाध्यकारी श्रमसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, जटामसी वनस्पतिको व्यवस्थापन निकायको रुपमा डिभिजन बन कार्यालयलाई तोक्ने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा बाबुराम पन्तलाई नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यस्तै, पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले चिकित्सकमाथिको आक्रमण उचित नभएको भन्दै दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाइन् । प्रवक्ता शर्माले चाडपर्वका अवसरमा चिनी लगाएत अध्यावश्यक वस्तुहरुको अभाव हुन नदिने र अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख गरिन् ।

त्यस्तै उनले संविधान दिवसका अवसरमा आममाफी दिने बिषयमा कानून र संविधानभन्दा सरकार बाहिर नजाने स्पष्ट पारेकी छिन् ।