
ओखलढुंगा, २९ भदौ । ओखलढुंगामा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।
किशोरीलाई बलात्कार गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–११ रमाईलोडाँडा बस्ने ३० वर्षीय चन्द्रबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
विकले ती किशोरीलाई भदौ १९ गते आफ्नै घर गोदामभित्र जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई हिजो बिहीबार पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया