
काठमाडौं, २९ भदौ । डिजिटल वालेट ‘आईएमई–पे’ मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ ।
धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आईएमई–पेले यही भदौ महिनादेखि सञ्चालनमा ल्याएको हो ।
साथै, आईएमई–पेको ‘किन लाइन बस्ने, मोबाइलबाटै तिर्ने’ अफरमार्फत आईएमई–पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड “WATER” प्रयोग गरी रू. १०० सम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।
यो सुविधाले धरानवासीलाई लामो लाम बस्न पर्ने झन्झटबाट मुक्त गराई उपमहानगरलाई डिजिटलाइजेसनमा जान सहायता पुर्याउने आईएमई–पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।















प्रतिक्रिया