३० आश्विन २०८३, शुक्रबार

मन्त्रिपरिषदद्वारा प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, के–के छन् एजेण्डा ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघबाट सिधै हुने चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषि लगायतका विषयमा दुईपक्षीय छलफल हुने र केही विषयमा समझदारी हुने सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार बैठकले संविधान दिवसका अवसरमा प्रदान गरिने विभूषण वितरणलाई मर्यादित बनाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी कानुनको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ ।

कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई विभुषण प्रदान कार्य स्थगन गरिएको प्रवक्ता शर्माले बताइन् ।

बैठकले कर प्रणाली सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ भने चाडपर्वलाई ध्यानमा राखेर साल्ट टे«ेडिङ र खाद्य व्यवस्थालाई ५० प्रतिशत भन्सार छुटमा १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृत दिने निर्णय गरिएको उनले जानकारी दिइन् ।

त्यस्तै, बैठकले सिंचाई नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाल नागरिकता ऐन तेश्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।