३० आश्विन २०८३, शुक्रबार

क्यूआर कोडबाटै नयाँ नोट साट्न सकिने ! माछापुच्छ्रे बैंकले उपलब्ध गरायो यस्तो सेवा

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । यो वर्षको दशैंका लागि आवश्यक नयाँ नोट सहटी गर्दा क्यूआर कोडमार्फत राष्ट्र बैंकलाई नगद भुक्तानी गर्न सकिने भएको छ ।

दशैंलगायत नेपालीहरूको महत्वपूर्ण चाडवाड नजिकिएसँगै माछापुच्छ्रे बैंकले नोट सटहीमा सहजता प्रदान गर्न बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको मुद्रा व्वस्थापन विभागमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री नरेश शाक्य एवम् माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला आज सो सेवाको संयुक्तरूपमा शुभारम्भ गरे ।

उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीहरुले क्यूआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

यसबाहेक फरक–फरक माध्यमहरुमार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैं’ को रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको पनि विज्ञप्तिमा जनाइएको छ ।