आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

हेटौंडा अस्पतालका ७८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

दैनिक नेपाल २०८० भदौ २९ गते ८:००

हेटौंडा, २९ भदौ । मकवानपुरको हेटौंडा-१ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कडा कारबाहीको माग गर्दै हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सक सहित स्वास्थकर्मीले सामूहिक राजीनामा दिएका छ्न् ।

दोषिलाई पक्राउ गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका स्वास्थ्यकर्मीहरुले आजबाट हेटौंडा अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु ठप्प पार्ने जनाएका छन् ।

डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौंडा-१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्त सहितका युवाहरुको समूहले बुधबार दुई जना डाक्टरलाई अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेको घटनापछि काम गर्ने वातावरण नभएको भन्दै आन्दोलनमा उत्रेका चिकित्सक तथा स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका हुन् ।

नेपाल चिकित्सक संघमा आवद्ध सबै संघसस्थाका प्रतिनिधिले मकवानपुरको प्रमुख जिल्ला अधिकारीलाई सामूहिक पत्रचार गर्दै घटना भएको ४८ घण्टा वितिसक्दा पनि प्रहरीले दोषिलाई कारबाहीको दायरामा नल्याएको भन्दै आजबाट आकस्मिक बाहेकको सबै सेवा बन्द गरी आन्दोलनमा उत्रेको जानकारी गराएका हुन् ।

यता, प्रहरीले सीसीटीभी फुटेजको आधारमा डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती रमा प्रधान, छोरा रोहित प्रधान, छोरी रमिता प्रधान तथा भतिज अनुप प्रधानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित