आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

संखुवासभामा डेंगु संक्रमण रोक्न रेडक्रसले थाल्यो अभियान

दैनिक नेपाल २०८० भदौ २९ गते ६:५१

संखुवासभा, २९ भदौ । संखुवासभामा डेंगु संक्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेंगु संक्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो ।

रेडक्रसले आगामी नोभेम्बरसम्म डेंगुविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेंगुको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले जानकारी दिए । यसका साथै रेडक्रसले डेंगु नियन्त्रण तथा रोगथामका लागि स्वयमसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट अभियानसमेत थालेको छ । हिमाली जिल्लामा पनि डेंगु संक्रमित बढेपछि रेडक्रस सोसाइटीले अभियान सुरु गरेको हो ।

संखुवासभामा साउनयता डेंगु संक्रमितको संख्या छ सय २५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रोशन श्रेष्ठका अनुसार १० स्थानीय तहमध्ये आठमा डेंगु संक्रमण फैलिएको छ । ‘भोटखोला र चिचिला गाउँपालिकामा मात्र डेंगु संक्रमित देखिएका छैनन्’, उनले भने । सबैभन्दा बढी संक्रमित खाँदबारी नगरपालिकामा भेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित