२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: हिन्दु र किराँत संस्कार अनुसार नेम्वाङको अन्त्येष्टि, सरकारले दियो राजकीय सम्मान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

पशुपति आर्यघाटमा उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय झण्डा ओढाए ।

संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका पूर्वसभामुख र प्रतिनिधि सभाका वर्तमान सदस्य समेत रहेका नेम्वाङको निधनमा नेपाल सरकारले राजकीय सम्मान प्रदान गरेको थियो ।

उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा उनको छोराहरू मिङ्सो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिए । त्यसक्रममा स्व। नेम्वाङप्रति सम्मान प्रकट गर्दै नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो ।

हेरौँ दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–