बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

एनआरएनए महिला सचिवमा राधिका गुरुङ (टीका)द्वारा उम्मेदवारी घोषणा

दैनिक नेपाल २०८० भदौ २८ गते १९:५३

काठमाडौं, २८ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्वसम्मेलनबाट हुने गामी कार्यकालको नेतृत्व चयनका लागि महिला सचिव पदमा एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष तथा वर्तमान सचिव राधिका गुरुङ (टीका)ले उम्मेदवारीे घोषणा गरेकी छन् ।

दुई कार्यकाल एनआरएनए हङकङको नेतृत्व गरेर एनआरएनए एनसीसीहरूमध्येमा सबैभन्दा उत्कृष्ट काम गरेर चर्चा कमाएकी गुरुङले पुन: सचिवमा उम्मेवारी घोषणा गरेकी हुन् ।

एनआरएनमा स्थापनादेखि सक्रिय रुपमा आवद्ध भएर उनी २०१७–२०२१ सम्म अध्यक्षको रुपमा एनआरएनए एनसीसी हङकङमा नेतृत्व रहेर काम गरेकी छिन् । त्यस्तै, २०२१–२०२३ मा महिला सचिव निर्विरोध निर्वाचित भएर महिला सचिवको रुपमा काम गरिरहेकी छिन् ।

नेपालमा भूकम्पदेखि बाढीपहिरोको प्रकोपले सताउँदा होस् वा विश्वव्यापी कोरोना महामारीले चुनौती दिँदा ‘एक नेपाली एक अक्सिजन’ अभियान चलाएर मानिसको प्राण जोगाउन तल्लिन बनेकी थिइन् । यस्तै, उनको सहयोगी भावनालाई धेरै मानिसहरूले अनुशरण समेत गरिरहेको पाइन्छ ।

कास्कीको पोखरा निवासी राधिका सन् १९९४ देखि हङकङमा बस्दै आएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित