२९ आश्विन २०८३, बिहिबार

सफल राजनेता नेम्वाङको निधनबाट देश र पार्टीलाई ठूलो क्षति : केपी ओली

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ सफल राजनेताको रुपमा रहेको भन्दै उहाको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले विभिन्न परिवर्तनकारी आन्दोलनदेखि संविधानसभाबाट संविधान जारी गर्ने र अहिले सवैलाई एकतावद्ध गर्न सक्ने सफल राजनेता सुवास नेम्वाङ भएको भन्दै उनको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताएका हुन् ।

सामाजिक सद्भाव राष्ट्रिय एकतामा नेम्वाङको सदैव जोड रहने गरेको अध्यक्ष ओलीले स्मरण गरे । उनले नेपालको संसदीय प्रणालीको कार्यान्वयनमा नेम्वाङको भूमिका कसैले लिन नसक्ने जिकिर समेत गरेका छन् ।

नेम्वाङको निधनपछि सम्मानमा सरकारले कुनै कन्ज्युसाई नगरेको र यो सकारात्मक रहेको ओलीले बताए ।

संसदीय दलको बैठकले दलका उपनेता समेत रहेका नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै एमालेले शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।