
झापा, २८ भदौ । झापामा ४० वर्षीया महिला बलात्कृत भएकी छिन् ।
ती महिलालाई बलात्कार गरेको अभियोगमा मेचीनगर नगरपालिका–९ धुलाबारी बस्ने ४२ वर्षीय तिलक श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ती महिलालाई भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका–५ महानन्द चोकस्थित गेष्ट हाउसमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।













प्रतिक्रिया