२८ कार्तिक २०८३, शनिबार

आज सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि बन्द

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । आज बिहीबार सेयर बजार कारोबार बन्द हुने भएको छ ।

आज संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिएका कारण सेयर बजार पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

बिहीबार सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन् ।

नेम्वाङले संविधान निर्माणका क्रममा पुर्‍याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।