२८ कार्तिक २०८३, शनिबार

नेम्वाङको निधनबाट मुलुकले समन्वयकारी नेता गुमायो: प्रदेश प्रमुख शर्मा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २७ भदौ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण भएको निधनप्रति समवेदना व्यक्त गरेका छन् ।

एक शोक विज्ञप्ति जारी गर्दै प्रमुख शर्माले नेम्वाङको असामयिक निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् ।

प्रदेश प्रमुख शर्माले नेम्वाङको निधनबाट मुलुकले एक कुशल सांसद एवम् असल, मृदुभाषी, समन्वयकारी नेता गुमाएको उल्लेख गरेका छन् ।

‘यस दुखद् घडीमा सरल नेता नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ प्रमुखको श्रद्धाञ्जलीमा भनिएको छ ।

प्रमुखले शोक विज्ञप्तिमा भनेका छन् ,‘उहाँकी जीवन संगिनी तथा नेम्वाङ परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’