२९ आश्विन २०८३, बिहिबार

वार्षिक साधारण सभा घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे बैंक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबारका दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

माछापुच्छ्रे बैंक चालू आर्थिक वर्ष २०७९/८० मा साधारण सभा घोषणा गर्ने पहिलो बैंक बनेको हो ।

बैंकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफबाट १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ ।

चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र ० दशमलव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरेर जम्मा कर सहित १४ प्रतिशत लाभांश वितरण गर्न लागेको बैंकले जनाएको छ ।

साधारण सभाले सो लाभांश पारित गरे गर्ने छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ ।