
काठमाडौं, २६ भदौ । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्च र उदयपुर–काठमाडौं सम्पर्क मञ्चले आफ्नो पूर्वनिर्धारित तीज विशेष कार्यक्रम स्थगित गरेका छन् ।
पार्टीका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनका कारण पार्टीको निर्देशन अनुसार कार्यक्रम स्थगित गरिएको बताइएको छ ।
पार्टीका उपाध्यक्ष, संविधान सभा अध्यक्ष तथा पूर्व सभामुख सालिन र निष्ठावान राजनितिज्ञ नेम्वाङको असामयिक निधनले नेकपा एमाले र सिङ्गो राष्ट्रलाइनै अपुरणीय क्षति भएको बेला निर्धारित कार्यक्रमहरू सञ्चालन गर्नु वाञ्छनीय नहुने भएकाले स्थगित गरिएको दोलखा–काठमाडौं सम्पर्क मञ्चका सचिव उमेश खड्काले जानकारी दिए । उनले दिवंगत नेताप्रति हार्दिक श्रद्धासुमन समेत अर्पण गरेका छन् ।
दोलखा–काठमाडौं सम्पर्क मञ्चले यही भदौ २९ गते तीज विशेष कार्यक्रम आयोजना गर्न लागेको थियो ।
यस्तै, यही भदौ २९ गते शुक्रबारका लागि तय गरिएको उदयपुर–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रम पनि स्थगित गरिएको छ । मञ्चले हरितालिका तीजका साथै जितिया पर्व समेत मनाउने तयारी गरेको थियो ।













प्रतिक्रिया