२९ आश्विन २०८३, बिहिबार

सुवास नेम्वाङलाई श्रद्धाञ्जली दिन एमालेको मुख्यालय च्यासलमा को–को पुगे ? (तस्वीरहरूसहित)

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गएराति असामयिक निधन भयो ।

एमालेले स्व. नेम्वाङप्रति श्रद्धाञ्जली अर्पणका लागि आज दिनभर उनको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा राखेको छ ।

स्व. नेम्वाङले पार्टी, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदानको उच्चसम्मान गर्दै आज पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाउनाका साथै पुष्पगुच्छा अर्पण गरे ।

त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका नेताहरू, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका प्रमुख र पदाधिकारीहरू, विभिन्न कुटनीतिक नियोगका प्रमुखहरू तथा उच्चपदस्थ अधिकारीहरू सहित ठूलो संख्यामा पार्टी नेता, कार्यकर्ता र सर्वसाधारणले स्व. नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जली अर्पणका लागि स्व. नेम्वाङको पार्थिव शरीर भोलि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिने एमालेले जनाएको छ । त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने भएको छ ।

त्यहाँ स्व. नेम्वाङप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यहरूबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । साथै, स्व. नेम्वाङको अन्त्येष्टि आगामी बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टले जानकारी दिए ।