२९ आश्विन २०८३, बिहिबार

संसद बैठक स्थगित, संविधान सभाध्यक्षलाई बिहीबार श्रद्धाञ्जली दिइने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण भोलि बस्ने प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ ।

भोलि दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । उनका अनुसार अर्को बैठक भदौ २८ गते बिहीबार दिउँसो ३ बजे बस्ने छ ।

सो बैठकले संविधान सभाका अध्यक्ष एवम् पूर्व सभामुख नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्ने छ ।

‘संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवम् वर्तमान प्रतिनिधि सभा सदस्य सुवास चन्द्र नेम्वाङ्गको असामयिक निधन भएको कारण मिति २०८० साल भदौ २७ गते बुधवार दिनको १:०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रयोजनको लागि मिति २०८० साल भदौ २८ गते बिहीबार दिनको ३:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।