
काठमाडौं, २६ भदौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।
सामाजिक सञ्जाल लेख्दै उनले आँखामा राखेपनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति व्यहोरेको उल्लेख गरेका छन् ।
भट्टराईले भनेका छन्, ‘संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनबाट स्तब्ध र मर्माहत छु । आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति व्यहोरेको छ; मैले आत्मीय मित्र गुमाएको छु । उहाँप्रति हर्दिक श्रद्धाञ्जलि, परिवारजन र पार्टीपंक्तिमा गहीरो समवेदना !’











प्रतिक्रिया