२८ कार्तिक २०८३, शनिबार

राजनेता नेम्वाङको निधनले देशलाई अपुरणीय क्षतिः कमल थापा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनको खबर सुन्दा आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै थापाले एक असल राजनेता नेम्वाङको असामयिक निधनले देशलाई अपुरणीय क्षति भएको बताएका छन् ।

‘संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनको खबर सुन्दा स्तव्ध र मर्माहत भएको छु । एक असल राजनेताको असामयिक अवसान भयो । देशलाई अपुरणीय क्षति भयो । हार्दिक श्रद्धाञ्जली । संविधानसभाबाट संविधान निर्माणगर्ने क्रममा नेम्वाङको योगदान सदैव स्मरणीय रहनेछ । बैकुण्ठवास होस्’ थापाले भनेका छन् ।