
काठमाडौं, २५ भदौ । मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच कर्जा लगानी गर्ने सम्झौता भएको छ ।
यो सम्झौता बमोजिम बैंकले बैकल्पिक ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्नेछ । बैंकको यो कदमले नवीकरणीय ऊर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरूमा सहज रुपमा कर्जा लगानी गर्ने वातावरण विकास भएको छ ।
विगतदेखि नै बैंकले वातावरण प्रदुषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा कर्जा लगानी गर्दै आएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यो सहकार्यले वातावरण संरक्षण र हरित ऊर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको बताइएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया