२९ आश्विन २०८३, बिहिबार

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक पक्राउ

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । सहकारीमार्फत रकम ठगी गरेको आरोपमा ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीबी राई पक्राउ परेका छन् ।

कास्कीमा रहेको सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष समेत रहेका राईलाई सहकारीबाट कराडौँ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पनि आज प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले आजै जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी लिएको थियो ।

सो सहकारीका पदाधिकारीविरुद्ध कास्की प्रहरीमा ९७१ जना निक्षेपकर्ताले उजुरी दिएको बताइएको छ ।