२९ आश्विन २०८३, बिहिबार

राप्रपाले देखेको ‘देशद्रोही’ को हो, कसकाविरुद्ध गर्दैछ २७ गते विरोध प्रदर्शन ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । राप्रपाले भदौ २७ गते काठमाडौमा बृहत विरोध सभा गर्ने भएको छ ।

आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले देशद्रोहीविरुद्ध विरोध सभा गर्न लागिएको जनाएको हो ।

भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानविनको दायरामा ल्याउन, सुन तस्करीलगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न दबाब दिनका लािग विरोध सभाको आयोजना गर्न लागिएको राप्रपाले जनाएको छ ।

यस्तै, गौवंश हत्याको विरोध, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दुत्वको रक्षा एवम् हिन्दुराष्ट्र र राजसंस्थाको पुन:स्थापनाका लागि दबाब दिन पनि राप्रपाले जानकारी दिएको छ ।

देशद्रोहीविरुद्ध आन्दोलनस्वरुप राप्रपाले विरोध सभा गर्न लागेको राप्रपा नेता ज्ञानेन्द्र शाहीले बताए । शाहीले विभिन्न प्रकरणको अनुसन्धान नेताहरूमाथि आए पनि प्रकरणलाई नै कमजोर बनाउन खोजिएको उल्लेख गरे ।

उनले बालुवाटार प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेसम्म सडक आन्दोलन गर्ने चुनौती दिए ।

राप्रपाले शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदासिनता, बढ्दो बेरोजÞगारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब सिर्जना गर्न विरोध सभा गर्न लागिएको जनाएको छ ।