आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

दैनिक नेपाल २०८० भदौ २५ गते १६:३५

चितवन, २५ भदौ । स्क्रब टाइफसबाट चितवनमा एकजना महिलाको मृत्यु भएको छ ।

नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिलाको आज मृत्यु भएको हो ।

स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि ती महिला थप उपचारका लागि हिजो आइतबार चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

सघन उपचार कक्षमा उपचारका क्रममा उहाँको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित