
काठमाडौं, २५ भदौ । राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) ले संयुक्तरूपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा ब्रिटिश कलेजले ज्ञान (नलेज पार्टनर) साझेदारका रूपमा सहकार्य गर्ने भएको छ ।
सम्मेलनमा सहकार्यबारे सम्मेलन मुल आयोजक कमिटीका संयोजक विशाल गैरे र ब्रिटिश कलेजका तर्फबाट कार्यकारी निर्देशक महेन्द्रराज कँडेलबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेपालमा बसेर स्टार्टअप गरिरहेका उद्यमी, इनोभेसनमा सक्रिय हुने युवाहरूको यो सम्मेलन उपयोगी हुने देखेर सम्मेलनमा सहकार्य गरेको ब्रिटिश कलेजका कार्यकारी निर्देशक महेन्द्र कँडेलले बताए । उनका अनुसार ब्रिटिश कलेजले स्टार्टअप उद्यम, डिजिटल रूपान्त्रण र गुणस्तरीय शिक्षालाई उद्यमशीलता र सीपसँग जोडेर सैद्ध्रान्तिक मात्र नभएर व्यावहारिक कार्यक्रममा जोड दिएको बताए ।
त्यसैगरी, नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)का अध्यक्ष समेत रहेका सम्मेलनका संयोजक बिशाल गैरेले युवाहरूलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरूलाई सहजीकरण गर्ने, सरकारको निति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० (युथ अन्टरप्रेनरशीप भिजन–२०२३) का निमार्ण एवम् कार्यान्वयनका लागि यो सिखर सम्मेलन उपलब्धिमुलक हुने बताए ।
उनका अनुसार ७० जिल्लामा ५०० युवा उद्यमीहरू शिखर सम्मेलनमा सहभागी हुने छन् ।















प्रतिक्रिया