२९ आश्विन २०८३, बिहिबार

आईएमई–पेमा पहिलो पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकहरुलाई छुट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । डिजिटल वालेट ‘आईएमई–पे’ले एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा रू. ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत सेवाग्राहीले आईएमई–पेमार्फत पहिलो पटक टिकट खरिद गर्दा FLYIMEU प्रोमो कोड प्रयोग गरी रू. ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो अफर यही भदौ २४ देखि सुरू भएको र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीहरूलाई सीमित अवधिका लागि मात्र भएको बताइएको छ ।