२९ आश्विन २०८३, बिहिबार

छात्रालाई आत्महत्या दुरुत्साहन अभियोगमा निजी विद्यालयका सञ्चालक र प्रिन्सिपल पक्राउ

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम पश्चिम, २५ भदौ । आत्महत्या दुरुत्साहन मुद्दा परेपछि एक निजी विद्यालयका सञ्चालक र पिन्सिपल पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विद्यालय सञ्चालक युडेन भण्डारी र सोही विद्यालयका प्रिन्सिपल पुष्पा भाट छन् । उनीहरू चौरजहारी नगरपालिका–१ को पुरानो बजारस्थित भ्याली पब्लिक बोर्डिङ स्कुलका सञ्चालक र प्रिन्सिपल हुन् ।

उनीहरूमाथि सोही विद्यालयको कक्षा ८ मा अध्यनरत १३ वर्षीया सृष्टि गौतमलाई आत्महत्या दुरुत्साहन गरेको अभियोग लागेको छ ।

शक्रबार १३ वर्षीया छात्रा गौतमलाई विद्यालयमा प्रिन्सिपल भाट र सञ्चालक भण्डारीको संलग्नतामा निर्धात कुटपिट भएपछि घर आएकी छात्राले विद्यालयको पोसाकमै झुण्डिएर अत्महत्या गरेको घरपरिवारको भनाइ छ ।

पढाइलेखाइ भन्दा पनि घरायसी साथसङ्गतका कारण विद्यालयमा बालिकामाथि प्रिन्सिपलले निरन्तर यातना र तनाव दिएपछि ज्यान गुमाउन बाध्य पारिएको छात्राका परिवारले आरोप लगाएका छन् । यस विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।