
मोरङ, २५ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थिरता कायम गर्नका लागि राजनीतिक दलबीच सहकार्य र सहमति हुनुपर्ने बताएका छन् ।
आज सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशमा राजनीतिक स्थिरता कायम गरी जनताका आवाज दलहरुले सुन्नुपर्ने बताएका हुन् ।
अध्यक्ष यादवले समाजवादी मोर्चा नेपाली कांग्रेसको सल्लाहमा निर्माण भएकाले यसले कांग्रेसलाई नै मद्दत गर्ने दाबी पनि गरेका छन् । मोर्चाले कांग्रेससँग सहकार्य गरी आगाडि बढ्ने र एकअर्काकोे सहयोगी भएको उनको भनाइ छ ।
लोकतन्त्र, आर्थिक विकास, समृद्धि, सङ्घीयता र गणतन्त्रलाई संस्थागत गरी अगाडि बढ्न मोर्चा र कांग्रेस एक हुन आवश्यक रहेको अध्यक्ष यादवले बताए ।















प्रतिक्रिया