१ कार्तिक २०८३, आइतबार

चुम्बन विवादमा परेका स्पेनिस फुटबल महासंघका अध्यक्ष रुबियाल्सद्वारा पदबाट राजीनामा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सले राजीनामा दिएका छन् ।

महिला विश्वकप फाइनलमा इंग्ल्याण्डलाई १–० ले हराएर स्पेनले उपाधि जितेपछि पुरस्कार वितरण समारोहमा रुबियाल्सले स्पेनिस फरवार्ड जेनीफर हेर्मोसोलाई चुम्बन गरेपछि विवादमा तानिएका थिए । ३३ वर्षीया हेर्मोसोले गत मंगलबार यो सहमतिमा नभएको भन्दै रुबियाल्सविरुद्ध अदालतमा उजुरी दिएकी थिइन् । रुबियाल्सले कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई आफूले राजीनामा बुझाएको बताएका छन् ।

४६ वर्षीय रुबियाल्सले यूईएफएको उपाध्यक्ष पदबाट समेत राजीनामा दिएका छन् । रुबियाल्सको चुम्बन विवादले गर्दा पहिलो पटक विश्वकप जितेको स्पेनिस फुटबलको चर्चा छायामा परेको छ ।

रुबियाल्सले चुम्बन आपसी र सहमतिमा भएको बताउँदै आएका थिए । तर, विश्व पुटबलको सर्वोच्च निकाय फिफाले भने उनलाई प्रारम्भिक रुपमा निलम्बन गरेको थियो । एजेन्सी