२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय युवा संघ नेपाल कोशीको अध्यक्षमा अरुण गुरुङ चयन

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, २४ भदौ । राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेशको प्रथम अधिवेशन अरुण गुरुङको अध्यक्षमा ८९ सदस्यीय प्रदेश कमिटी चयन सम्पन्न भएको छ ।

प्रदेश कमिटी उपाध्यक्षमा जयप्रकाश रायमाझी निर्वाचित भएका छन् । यस्तै, सचिवमा विनोद राना, सहसचिवमा नीरजमान सिंह बस्नेत र शरण फागो निर्वाचित भएका छन् ।

यसैगरी, कमिटीको कोषाध्यक्षमा दीपेन्द्र घिसिङ तामाङ चुनिएका छन् भने संगठनका प्रवक्तामा मनोज राय, यूथ फोर्स प्रमुखमा राजन बानियाँ, साइबर सर्कल प्रमुखमा सागर पोखरेल, विज्ञ युवा परिषद् प्रमुखमा दिनेश खड्का चयन भएका छन् ।

यस्तै, महिला विभाग प्रमुखमा पार्वती तामाङ तथा संगठन विभाग प्रमुखमा आनन्द राई निर्वाचित भएका छन् ।