
काठमाडौं, २४ भदौ । ललिता निवास प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबै जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ ।
जिल्ला अदालत काठमाडौंले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
थुनामा रहेका १८ जनामध्ये एक जना केशव तुलाधरलाई सामान्य तारेखमा र बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
कसलाई कति धरौटी ?
ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने केशव तुलाधर साधारण तारेखमा रिहा हुने भएका छन् ।
यस्तै, शिवजी भट्टलाई ३ लाख ३० हजार, रुद्रकुमार श्रेष्ठलाई ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठलाई ७ लाख ५० हजार, कलाधर देउजालाई १५ लाख, घमन कुमार कार्कीलाई ७ लाख ५० हजार, गोपाल कार्कीलाई ७ लाख ५० हजार, विनोद पौडेललाई १५ लाख, योगराज पौडेललाई ७ लाख ५० हजार, नारायणराज मिश्रलाई ७ लाख ५० हजार धरौटी तोकिएको छ ।
यसैगरी, अरुण कुमार श्रेष्ठलाई ७ लाख ५० हजार, ध्रुव प्रसाद अर्याललाई ३ लाख ३० हजार, बाबुराजा महर्जनलाई १ लख १० हजार, देवनारायण महर्जनलाई १ लाख १० हजार, सकलानन्द महर्जनलाई १ लाख १० हजार, सञ्जय कुमार महर्जनलाई १ लाख १० हजार र लोकहरि घिमिरेलाई ७ लाख ५० हजार रुपैयाँ धरौटी तोकिएको छ ।















प्रतिक्रिया