३० आश्विन २०८३, शुक्रबार

ब्रिटिस कलेज हाताभित्रै खेलाइयो ‘भालोरेन्ट’, ‘फिफा’ र ‘पब्जी’ !

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘ई–स्पोर्टस् टुर्नामेन्ट– २०२३’को आयोजना गरेको छ ।

थापाथलीस्थित कलेज हातामा बुधबारदेखि सुरू भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

प्रतियोगितामा तीन खेलहरू ‘भालोरेन्ट’, ‘फिफा’ र ‘पब्जी’ समावेश गरिएको थियो । कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेल तथा डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याककर्डेनले संयुक्त रूपमा उद्घाटन गरेको खेलमा देशभरका ११२ टीमबाट ५०० भन्दा बढी खेलाडीहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको पहिलो दुई दिन छनोट चरणका खेलहरू भएका थिए । त्यस्तै, अन्तिम दिन शुक्रबार फाइनल चरणका खेलहरू भएका थिए । भालोरेन्ट खेलको विजेता टिम ‘नो टक वन्ली किल’ बन्यो भने उपविजेताको स्थान ‘नेफोली’ले प्राप्त गर्‍यो । त्यस्तै, पब्जीतर्फ ‘अण्डरग्याङ्ग’ विजेता बन्दा ‘माइटी माफिया’ले उपविजेताको स्थान हाँसिल गर्‍यो । फिफातर्फ ‘नोटोरियर’ विजेता र ‘गोर्खा स्ट्रङ्ग’ उपविजेता बन्यो ।

सबै बिधातर्फका विजेता टिमहरूले १–१ लाख रूपैयाँ तथा उपविजेता टिमहरूले ३३–३३ हजार रूपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, कलेजले विजेता टिमका खेलाडीहरूलाई छात्रावृत्ति पनि प्रदान गरेको छ । प्रतिस्पर्धीहरूले प्रायोजकहरू सुविसु केबलनेट प्रालि, लेभल अप, खतरा गेमिङ, मरिच क्याफे र द रस्टि स्पोर्टस् बारको तर्फबाट पनि पुरस्कारहरू प्राप्त गरेका छन् ।

कार्यक्रमबारे आफ्ना धारणा राख्दै कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले भने, ‘म प्रतियोगिताका विजेताहरूलाई मनैदेखि बधाई ज्ञापन गर्न चाहान्छु, र सम्पूर्ण सहभागिहरूलाई पनि धन्यवाद दिन चाहान्छु । त्यस्तै, कार्यक्रमको सफलताको लागि महत्वपूर्ण भूमिका खेल्नुहुने कलेजका सहकर्मीहरू, प्रयोजकहरूलाई पनि धन्यवाद दिन चाहान्छु, उहाँहरूको साथ तथा सहयोगको कारण कार्यक्रम भब्यतापूर्वक सम्पन्न भयो । नेपालले ई–स्र्पोट्सको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको ख्याति कमाउँदै गइरहेको छ । गत जनावरीमा भएको पब्जी मोबाइल ग्लोबल च्यम्पियनशीपमा नेपाली टिम उपविजेता बन्यो । हाम्रो कलेज पनि ई–स्र्पोट्सका खेलहरूलाई उद्योगको रूपमा अगाडि बढाउन प्रतिबद्ध रहेकोले यस्ता खेलमा इच्छुकहरूलाई प्लेटफर्म प्रदान गर्न पाउँदा हामीलाई खुसी लागेको छ । आईटी क्षेत्रमा भइरहेको विकासलाई मध्यनजर गर्दै टीबीसीले पनि पर्याप्त लगानी गरि पछिल्लो समय बजारमा आएका प्रविधिहरू, भीआर ल्याब तथा डिजिटल फरेन्सिक्स ल्याब निर्माण गरेको छ । आगामी दिनमा पनि यस्तै, गतिविधिहरू गर्नेे जानकारी पनि गराउँदछु ।’