७ कार्तिक २०८३, शनिबार

भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनको आशंका दुर गर्न सक्नुपर्छ: प्रदीप ज्ञवाली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीन भ्रमणका क्रममा चीनको आशंका हटाउन सक्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार सिंहदरबारमा आफ्नो आसन्न चीन भ्रमणका विषयमा आयोजित छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ज्ञवालीले सन्तुलित छिमेक सम्बन्धमा चीनको आशंकालाई दुर गर्न प्रधानमन्त्रीको भ्रमण सफल हुनुपर्ने बताएका हुन् ।

छिमेकीहरूसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा जरुरी रहेको उनले बताए ।