
काठमाडौं, २४ भदौ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले वीपीको समाजवाद ब्यवहारमा लागु हुन नसकेको बताएका छन् ।
आइतबार चितवनमा आयोजित ११०औँ वीपी जयन्तीको अवसरमा वीपीको शालिक अनावरण तथा बृक्षारोपण कार्यक्रम कार्यक्रममा कोइरालाले वीपीले भने जस्तो गरीब असाहय र समाजमा पछाडि परेकाहरुलाई निशुल्क शिक्षा स्वास्थ्य र रोजगारको ब्यबस्था हुन नसकेको र वीपीको समाजवाद पनि ब्यवहारमा लागु हुन नसकेको बताएका हुन् ।
अग्रज नेताहरुको सम्झनामा बनाईएका शालिकहरु आन्दोलनको क्रममा तोडफोड भएकाले शालिकहरुको पनि सरक्षण गर्नको लागि अभिलेख राख्न जरुरी रहेको उनले बताए ।
नेता कोइरालाले लोकतन्त्रमा अराजकता नभइ भ्रष्टाचारबिरुद्ध शुन्य सहनशिलता आवश्यक रहेको र पारदर्शीता तथा जवाफदेहीता लोकतन्त्रको मूलभूत सिद्धान्त रहेको जिकिर गरे ।
अहिले कांग्रेस यो कुराबाट कतै बिचलित भएको हो कि भन्ने आफूलाई लागेको उनको भनाइ छ । भरतपुर–३ मा रहेको वीपी शान्ती वनमा ३५ लाखको लागतमा शालिक निर्माण गरिएको हो ।
उक्त स्थानमा २०५३ सालमा ढलोटको पूर्ण कदको शालिक निर्माण भएपनि शालिक तोडफोड भएपछि अहिले नयाँ शालिक निर्माण गरिएको हो ।















प्रतिक्रिया